हार्दिक निमन्त्रणा
Australia स्थित Darwin मा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा यही आउँदो July 28 तारिख अर्थात Friday को दिन नेपाली हरुको महान चाड रक्षाबन्धन एवम जनै पुर्णिमा को शुभ अवसरमा अघिल्ला बर्षहरुझैँ यो बर्ष पनि 44 Patterson Street, Malak स्थित Hindu Temple मा बिहान 7.00 बजे देखी दीउँसो 3.00 बजे सम्म बैदिक मन्त्रद्वारा मन्त्रिएको जनै एवम रक्षाबन्धन अवधारण गर्न को लागि पाल्नुहुन हार्दिक निमन्त्रणा ज्ञापन गर्न चाहन्छु।
हजुरहरु कसैसँग जनै वा रक्षाबन्धन छ र सो मन्त्रिनु पर्ने भएको खन्ड मा पनि निम्नलिखित मेरो नाम र नम्बर मा संपर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। कृपया मन्त्रिनु पर्ने जनै ढिलोमा कार्यक्रम को एक दिन अगाडि मलाई उपलब्ध गराइदिनु होला।
कार्यक्रम को मिती:
July 28, 2017 (Friday)
नाम: पण्डित नारायण दाहाल
सम्पर्क नम्बर: 0450 956 647
मन्दिर को ठेगाना: 44 Patterson Street, Malak

अर्थात,
यज्ञोपवित (जनै) सबैभन्दा पवित्र रहेको छ। यस्तो यज्ञोपवित सृस्टिकर्ता ब्रह्माबाट संसारमा आएको हो। यस्ले धारण कर्ताको बल, बुद्धी, आयु जस्ता कुरामा ब्रिद्धी गर्छ। यो सदैव पवित्रकारक हुन्छ। यो ब्रह्मत्वको परिचयक समेत हो।

अर्थात,
जुन रक्षा बन्धनले दानीहरुमा सर्वश्रेष्ठ राजा बली बाँधिन विवश भए। त्यस्तो पवित्र विशेष विधि विधानले मन्त्रणा गरिएको रक्षा बन्धनले तपाईंलाई बाँध्दै छु । यस रक्षा बन्धनले तपाईंको सर्वत्र रक्षा गर्ने छ ।
“कार्यक्रममा प्रसादको समेत ब्यबस्था गरिएको छ।“
|
